कपिलवस्तुमा निशुल्क आखा जाच शिविर सम्पन्न, २७० जनाले पाए सेवा

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु

कपिलवस्तुको कृष्णानगर नगरपालिकामा निःशुल्क आंखा जांच शिविर सम्पन्न भएको छ। कृष्णानगर नगरपालिका वडा नं. ३ को आर्थिक सहयोग र छन्द काले बाबू नारायणी आंखा अस्पताल, बहादुरगंजको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको हो।

शिविरमा २७० जना आंखाका विरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४४ जनामा मोतियाबिंदको समस्या भेटिएको छ र उनीहरुको निःशुल्क सर्जरी हुने भएको छ। यस्तै, ८० जनालाई चश्मा वितरण गरिएको छ भने १४६ जनामा औषधि प्रदान गरिएको छ।

वडा अध्यक्ष सगीर अहमद खांका अनुसार शिविरमा २७ जना महिला र १७ जना पुरुषमा मोतियाबिंद समस्या देखिएको छ, जसमा महिलाको संख्या बढी रहेको छ। “मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंग आंखा भएकाले जनताका आंखा स्वास्थ्यको विशेष ख्याल गर्नु हाम्रो प्रमुख कर्तव्य हो,” खांले भने। वडाले प्रत्येक वर्ष यस्ता शिविर संचालन गर्दै आएको र यसले स्वास्थ्य सेवा सहज बनाउन ठूलो भूमिका खेलेको उनले बताए। शिविरको सफलताका लागि स्थानीय समुदायको सक्रिय सहभागिता र अस्पतालको प्राविधिक सहयोगले महत्त्वपूर्ण योगदान पुर्याएको पनि उनले प्रष्ट पारे।

sahani furniture udyog

आयोजकहरुले यस्तो सामाजिक सेवाले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक प्रभाव पार्ने र जनतामा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने विश्वास लिएको युवा समाजसेवी कैफ खांले बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.