चन्द्रौटा व्यापार महोत्सवमा आज गायिका समिक्षा अधिकारी प्रस्तुति रहने

0
Quantam abroad studies

कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटामा जारी नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक शिरीश देवकोटा, गायिका समिक्षा अधिकारी र भूमिका गिरीले आकर्षक प्रस्तुति दिने भएका छन्। महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलका अनुसार तिनै कलाकारको बेजोड प्रस्तुति रहनेछ।

माघ ९ गतेदेखि सञ्चालनमा रहेको महोत्सवमा हरेक दिन चर्चित कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्। बिहीबार लोकप्रीय गायक दुर्गेश थापाले “कता हिँडेको बैनी हट भएर, पट भएर, ब्युटी भएर” बोलको गीतमार्फत दर्शकलाई झुमाएका थिए। उनका प्रस्तुतिमा चौरभरि उपस्थित दर्शक, विशेषगरी युवायुवती, उत्तिकै उत्साहित देखिएका थिए।

sahani furniture udyog

महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनसँगै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा थप कलाकारहरूका प्रस्तुति पनि रहनेछन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.