कपिलवस्तुको कृष्णनगरमा दुइ युवा ब्राउन सुगर सहित पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु , माघ २३            

 जिल्लाको कृष्णनगरमा दुइ युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-४ बरगदवाका २८ वर्षीय मतिउल्ला मुसलमान र गाउँपालिका-३ कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन्। 

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकल भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो। मतिउल्ला मुसलमानको साथबाट ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

प्रहरीले लागुऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए। 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.