टिपरको ठक्करबाट रूपन्देहीमा मोटरसाइकलमा सवारको मृत्यु

0
Quantam abroad studies

बुटवल, नेपालगन्ज रोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। लु २ ख ३३३६ नम्बरको टिपरले लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा ४६ वर्षीय उमेश भण्डारीको ज्यान गएको हो।

रुपन्देही तिलोत्तमा नगरपालिका–१६ निवासी भण्डारीलाई गम्भीर चोट लागेपछि अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।

sahani furniture udyog

घटनामा संलग्न टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.