एआईद्वारा निर्मित धार्मिक भिडियोमा पुरातत्व विभागको चिन्ता

0
Quantam abroad studies

पछिल्लो समय सामाजिक सञ्जालमा एआई प्रविधि प्रयोग गरी निर्माण गरिएका धार्मिक भिडियोहरू भाइरल भइरहेका छन्। पोखराको पुम्दीकोटस्थित भगवान शिवको मूर्ति हिँडिरहेकोदेखि बसन्तपुर दरबार क्षेत्रमा कालभैरव सडकमा टहलिएको दृश्य देखाइएका यस्ता भिडियोहरू व्यापक रूपमा शेयर भइरहेका छन्।

एआई सिर्जित सामग्रीमा देवीदेवताहरूलाई आधुनिक पहिरनमा सजिएको, गीत गाएको, नृत्य गरेको तथा मोटरसाइकल चलाएको दृश्यहरू समेटिएका छन्। मनोरञ्जनात्मक देखिए पनि यस्ता सामग्रीले धार्मिक भावनामा चोट पुर्याउन सक्ने भन्दै पुरातत्व विभागले चिन्ता व्यक्त गरेको छ।

sahani furniture udyog

विभागले जारी गरेको सूचनामा नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदामा एआईको अनियन्त्रित प्रयोगले गलत बोध र भ्रम सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ। साथै, यस्ता भिडियो तथा तस्बीर सामाजिक सञ्जालमा शेयर गर्दा सचेत रहन आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.