
कपिलवस्तु, फागुन १
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले आज एक प्रेस मिट आयोजना गर्दै पछिल्ला पाँच महिनाका प्रहरी कार्यसम्पादन तथा माघ महिनामा घटेका प्रमुख घटनाबारे जानकारी गराएको छ।
प्रहरी कार्यसम्पादन प्रतिवेदनअनुसार, कार्यालयले १५० पूर्णाङ्कमध्ये १०७ अंक प्राप्त गर्दै ७१.३३% कार्यसम्पादन दर हासिल गरेको छ। यससँगै प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु अग्रपंक्तिमा परेको छ ।
पछिल्लो एक महिनामा १०८ विभिन्न घटना दर्ता भएका छन्, जसमा मुख्य रूपमा:
• सवारी दुर्घटना – ३५
• आत्महत्या – ८
• आत्महत्या उद्योग – १४
• अवैध सामान बरामद – २६
• लागुऔषध सम्बन्धी मुद्दा – १९
• चोरी – ८
• हराइएका सवारी साधन – ६
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट ले अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्। उनले नागरिकसँग सहकार्य गर्दै आगामी दिनहरूमा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारी ले माघ महिनाको घटनाबारे विस्तृत रिपोर्ट प्रस्तुत गरेका थिए। कार्यक्रममा जिल्लाका एक दर्जनभन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो।
