धरानमा लागुऔषध कारोबार: प्रहरीद्वारा गोली प्रहार, २२५ किलो गाँजासहित एक पक्राउ

0
Quantam abroad studies

सुनसरीको धरानमा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। बुधबार मध्यरात इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा सो घटना भएको जनाएको छ।

विशेष सूचनाका आधारमा गाँजा बोकेर पैदल आउँदै गरेका व्यक्तिहरूमाथि छानबिन गर्दा उनीहरू भाग्न थालेपछि प्रहरीले गोली चलाउनु परेको थियो। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार ती व्यक्तिहरू विष्णुपादुकाबाट रेल–वेतर्फको चारकोषे झाडीमा लुकेर भाग्न खोजेका थिए।

प्रहरीले तिनलाई रोक्न ‘टाइप–५४’ पेस्तोलबाट तीन राउन्ड हवाईफायर गरेको जनाएको छ। घटनास्थलबाट २२५ किलोग्राम गाँजासहित ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

प्रहरीले घटनास्थलबाट ९ वटा प्लास्टिकका बोरा बरामद गरेको छ, जसमा गाँजा प्याक गरिएको थियो। पक्राउ परेका र फरार रहेका व्यक्तिहरूको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.