प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री पौडेलको राजीनामा माग

0
Quantam abroad studies

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्री पौडेलको पदबाट राजीनामा माग गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

लिङ्देनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय स्वयं नै उत्तीर्ण हुने अङ्क नल्याएको बताए। उनले कार्यसम्पादन कमजोर देखिएका मन्त्रीहरूलाई कारबाही कसले गर्ने भनी प्रश्न गरे।

sahani furniture udyog

“सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,” लिङ्देनले भने, “आफूलाई मन लागेको जे पनि गर्ने, निरीह कर्मचारीलाई मात्रै कारबाही गर्ने?”

त्यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य सचिव नियुक्तिको विषय उठाउँदै स्वास्थ्य मन्त्री पौडेललाई पदमुक्त गर्न माग गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.