वन्यजन्तुको आक्रमणबाट चितवनमा १० जनाको मृत्यु, १४ घाइते

0
Quantam abroad studies

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १० जनाले ज्यान गुमाएका छन्। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको छ।

यस अवधिमा १४ जना घाइते भएका छन्, जसमा १२ जना गैँडाको, दुई जना हात्तीको आक्रमणबाट घाइते भएका हुन्।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जले घाँसेमैदान तथा पानी स्रोत व्यवस्थापन, तारबार निर्माण, विद्युतीय जाली जडानजस्ता उपाय अपनाएको छ। अनधिकृत रूपमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा समेत यस्ता घटनाहरू भइरहेकाले सचेतना अपनाउन आग्रह गरिएको छ।

sahani furniture udyog

निकुञ्जले मृतकका परिवारलाई १० लाख तथा घाइतेको उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको छ। हालसम्म ९४ लाख ६१ हजार ९३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.