बर्दियामा साली हत्या प्रकरण: भिनाजु र उनकी बुहारी पक्राउ

0
Quantam abroad studies

बर्दिया— बर्दियामा आफ्नै सालीको हत्या गरेको आरोपमा प्रहरीले भिनाजु र उनकी बुहारीलाई पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी ३८ वर्षीया राधा बोहोराको हत्यामा संलग्न रहेको आरोपमा ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया उमाकुमारी खत्री पक्राउ परेका हुन्।

ताल्चा लागेको घरभित्र मृत फेला
फागुन ४ गते, ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित आफ्नै घरमा बाहिरबाट ताला लागेको अवस्थामा राधा बोहोराको शव फेला परेको थियो। प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान थालेको थियो। शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधिएको अवस्थामा भेटिएको थियो।

लेनदेन र घरायसी विवादको आशंका
घटनाको अनुसन्धानका क्रममा प्रारम्भिक रूपमा लेनदेन र घरायसी विवादकै कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। घटनामा संलग्न भएको पुष्टि भएपछि बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।

sahani furniture udyog

अध्ययन जारी
हत्याको विस्तृत कारण पत्ता लगाउने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी ३८ वर्षीया राधा बोहोराको हत्यामा संलग्न रहेको आरोपमा ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया उमाकुमारी खत्री पक्राउ परेका हुन्।

ताल्चा लागेको घरभित्र मृत फेला
फागुन ४ गते, ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित आफ्नै घरमा बाहिरबाट ताला लागेको अवस्थामा राधा बोहोराको शव फेला परेको थियो। प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान थालेको थियो। शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधिएको अवस्थामा भेटिएको थियो।

लेनदेन र घरायसी विवादको आशंका
घटनाको अनुसन्धानका क्रममा प्रारम्भिक रूपमा लेनदेन र घरायसी विवादकै कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। घटनामा संलग्न भएको पुष्टि भएपछि बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।

अध्ययन जारी
हत्याको विस्तृत कारण पत्ता लगाउने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.