गेट रेडी फर द रेभ्यूलेसनः रवि लामिछाने

0
Quantam abroad studies

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अहिले बोलेमा दुई तिहाइको सरकारलाई समस्या पर्न सक्ने बताएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउन पुगेका लामिछानेले अहिले नबोल्ने भए पनि सही समय आएपछि धेरैको बोल्ती बन्द हुने दाबी गरे।

उनले रास्वपा राजावादी सोच राख्ने दल हो भन्ने आरोपबारे कुनै आवेग वा उत्तेजनामा नरहेको स्पष्ट पार्दै मुलुक गम्भीर मोडमा पुगेको बताए। उनले नेपाली जनताले आशा र भरोसा राखेको दलको नेताको रूपमा आफू जिम्मेवार भएर मात्र बोल्ने बताए।

sahani furniture udyog

सरकार नाङ्गिएको आरोप लगाउँदै उनले आफू सरकारको लाज छोप्न विभिन्न अदालतसम्म जानुपर्ने बाध्यतामा परेको दाबी गरे। विद्रोहको समय नजिकिएको भन्दै सबैलाई तयार रहन आग्रह गर्दै उनले “गेट रेडी फर द रेभ्युलुसन” भन्ने चेतावनीसमेत दिए। लामिछानेको यस अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने संकेत गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.