योगी आदित्यनाथसँग नेपाली नेताहरूको भेटघाटले बढायो राजनीतिक तरंग

0
Quantam abroad studies

काठमाडौं – पछिल्लो समय नेपालका केही नेताहरू भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनऊ पुगेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीप्रसाद चौधरी, प्रदेश सांसद चन्द्रकेश गुप्ता, कांग्रेस नेता अभिषेक साह लगायतका नेताहरू योगी आदित्यनाथको सरकारी निवासमा पुगेका हुन्।

नेपालमा हिन्दू राज्य पुनःस्थापनाको अभियान चलाइरहेका केही समूहहरूका कारण गणतन्त्र पक्षधरहरूमा चासो बढेको छ। यसअघि काठमाडौंमा आयोजित राजावादी प्रदर्शनमा योगीको फोटो बोकेका प्रदीपविक्रम राणा विवादमा आएका थिए। राणा नेपाल प्रहरीले खोजी गरिरहेको अवस्थामा भारततर्फ भागेको बताइएको छ।

sahani furniture udyog

नेपाली नेताहरूको योगीसँगको भेटघाटबारे औपचारिक विवरण बाहिर आएको छैन। तर, पछिल्ला घटनाक्रमलाई विभिन्न कोणबाट हेरिएको छ। यसअघि लुम्बिनीमा दलाई लामासँग सम्बन्धित सम्मेलन आयोजना गर्न खोज्दा चीनले कडा आपत्ति जनाएको थियो, जसका कारण उक्त कार्यक्रम स्थगित भएको थियो।

नेपालको राजनीतिमा भारतीय नेताहरूको बढ्दो संलग्नता र हिन्दू राष्ट्र पुनःस्थापनासम्बन्धी गतिविधिहरूले थप बहस सिर्जना गरिरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.