एमसीसीका केहि कार्यक्रमहरु अगाडि बढाउन अनुमति

0
Quantam abroad studies

काठमाडौं, चैत १० – अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिइएको छ। अमेरिकाको वैदेशिक सहायता सम्बन्धी समीक्षासँगै केही प्रक्रिया अघि बढाउने अनुमति दिइएको एमसीसी नेपालले जनाएको छ।

एमसीसी नेपालले सार्वजनिक गरेको सूचनाका अनुसार अनुमति दिइएका कार्यहरूमध्ये खरिद प्रक्रिया र कार्यालय सञ्चालनका आवश्यक कार्यहरू समावेश छन्।

सूचनामा उल्लेख गरिएअनुसार ‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिता प्रति प्रतिबद्ध रहेको छ।’ साथै, अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाको अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग समन्वय गरिरहेको पनि जानकारी दिइएको छ।

sahani furniture udyog

यसअघि, गत फागुन २ गते एमसीसीले नेपाल सरकारलाई इमेलमार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो। नेपालमा प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि अमेरिकी सरकारबाट ५० करोड डलर अनुदान प्राप्त गर्ने गरी २०७४ भदौ २९ गते सम्झौता भएको थियो।

नेपाल सरकारले पनि उक्त परियोजनामा १९७ मिलियन डलर योगदान गर्ने प्रतिबद्धता जनाएको छ। परियोजना अन्तर्गत ३०० किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण तथा ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको छ। सम्झौताको समयमा विभिन्न तहबाट विरोधसमेत भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.