हुलाकबाट पठायो महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र

0
Quantam abroad studies

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाएको छ ।

जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।निर्मल निवासमा पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको महानगर स्रोतले जनायो ।शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

sahani furniture udyog

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.