
प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। साँझ ७ बजेदेखि सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी बैठक सुरु भएको हो। पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ।

