गाडेको अवस्थामा शव फेला, ६ जना पक्राउ

0
Quantam abroad studies

काठमाडौं – सर्लाहीका १९ वर्षीय राहुल साहको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। साह चैत ११ गतेदेखि बेपत्ता थिए, भने उनको शव चैत १५ गते गोकर्णेश्वर नगरपालिका-५, बाहुनधारामा गाडिएको अवस्थामा फेला परेको थियो।

पक्राउ पर्नेहरूमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर-६ का १८ वर्षीय विजय यादव र करन कुमार महतो, गोकर्णेश्वर-५ का २३ वर्षीय जोधन मण्डल, गोकर्णेश्वर-१ का ४५ वर्षीय उत्तम मण्डल तथा भारत बिहारका २९ वर्षीय सुनिल शर्मा रहेका छन्।

sahani furniture udyog

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लेनदेनको विवादकै कारण साहको हत्या भएको देखिएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.