कपिलवस्तुमा सर्पदंशबारे जनचेतनामूलक अभियान सञ्चालन

0
Quantam abroad studies

नेपाली सेना र बुद्धभूमि नगरपालिकाको संयुक्त प्रयासमा सञ्चालित कपिलवस्तु सर्प दंश उपचार केन्द्र, गोरुसिंगेले सर्पदंशसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। गर्मी मौसममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा माइकिङ्गसहित सचेतना अभियान चलाइएको हो।

शमशेर दल गण गोरुसिंगे ब्यारेकका गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारी क्षेत्रीका अनुसार, विगतमा सामान्य लापरवाहीका कारण सर्पको टोकाइबाट धेरैको ज्यान गएको देखिएपछि यो अभियान थालिएको हो।

नगरप्रमुख केशव कुमार श्रेष्ठले सर्प जमिनको सतहमा आउने क्रम घरभित्र पस्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए। उनले तालतलैया, नदीनालाका वरिपरि विषालु सर्प हुने सम्भावना रहेको भन्दै सर्पले टोकेको खण्डमा तुरुन्त उपचार केन्द्रमा पुग्न सबैलाई आग्रह गरे।

सर्पबाट बच्न खेतबारीमा गमबुट लगाउने, अँध्यारोमा टर्चलाइट बाल्ने, घर वरिपरि सफा राख्ने, खाना तथा पानीका भाँडाहरू छोप्ने, र मुसा नियन्त्रण गर्नेसहितका उपायहरू अपनाउन सर्प दंश उपचार केन्द्रले सुझाव दिएको छ।

sahani furniture udyog

सर्पले टोकेपछि प्राथमिक उपचारका रूपमा डसेको अङ्ग नहल्लाउने, पीडितलाई आराम दिने र यथासिघ्र उपचार केन्द्रमा पुर्‍याउने अत्यन्त महत्वपूर्ण उपाय भएको केन्द्रले जनाएको छ।

सर्पको जोखिमबाट ज्यान जोगाउन समयमै सचेत रहनु नै उत्तम उपाय भएको जनाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.