कपिलबस्तुमा नसर्ने रोग न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम जिवनशैलि सुधार्न सुझाव

0
Quantam abroad studies

कपिलबस्तु, चैत २३ 

स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा संक्रामक तथा नसर्ने रोग न्यूनीकरणसम्बन्धी अभिमुखिकरण, सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूलाई नसर्ने रोगका कारण, असर र न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका रतनलाल शर्माले अनुशासित जीवनशैली, सन्तुलित खानपान र नियमित व्यायामले नसर्ने रोगहरू नियन्त्रण गर्न सकिने बताए। उनले मानसिक तनाव, बिग्रिँदो आहार , संस्कार र शारीरिक निष्क्रियता जस्ता कारणले उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता रोगको जोखिम बढ्ने भएकाले सचेत रहनु आवश्यक रहेको उल्लेख गरे ।

sahani furniture udyog

स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले समुदायस्तरमै स्वास्थ्य सचेतना फैलाउनु अत्यावश्यक रहेको भन्दै स्थानीय तह, स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले रोग न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन जनचेतनामूलक सामग्रीको प्रकाशन–प्रसारणमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा पत्रकार महासंघका विभिन्न पदाधिकारी, सञ्चारमाध्यमका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.