भन्सार छलिको लत्ताकपडा सहित गाडी बरामद, चालक फरार

0
Quantam abroad studies

बारा, — सशस्त्र प्रहरीले बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट भन्सार छलिएको लत्ताकपडा सहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा गरिएको निगरानीपछि सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले आइतबार उक्त गाडी नियन्त्रणमा लिएको हो।

बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडी बिरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट लत्ताकपडा लोड गरी जितपुर–सिमरातर्फ जाँदै गरेको पाइएको थियो। सुराकीका आधारमा प्रहरी टोलीले गाडीको पछ्याइ गर्दै गर्दा भलुवाही पुग्नासाथ चालकले गाडी छाडेर फरार भएका थिए।

गाडीमा सर्टिङ, सुटिङ कपडा तथा साडीहरू लोड गरिएको थियो, जसको अनुमानित बजार मूल्य १० लाख ८ हजार रुपैयाँ बराबरको रहेको बताइएको छ। बरामद गाडीको भन्सार दाखिला मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ।

sahani furniture udyog

यससँगै, सवारीसाधन र लत्ताकपडासहित कुल ३५ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु भन्सार छली भएको पुष्टि भएको छ। बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल र बारा प्रहरी कार्यालयले जानकारी दिएको छ।

बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फरार चालकको खोजी कार्य जारी छ र भन्सार ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.