अबको एजेन्डा समाजवादी क्रान्ति: खनाल

0
Quantam abroad studies

लमही, २७ चैत — नेकपा माओवादी केन्द्रले अबको मूल कार्यभार समाजवादी क्रान्तिको थालनी हुने स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ ले लमहीमा आयोजित माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई सम्बोधन गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी माओवादीकै रहेको बताउनुभयो।

खनालका अनुसार माओवादीले विगतमा जनवादी क्रान्तिको नेतृत्व गरिसकेकाले अब समाजवादी क्रान्तिको अवधारणा व्यवहारमा उतार्ने कार्यमा पनि अग्रसर हुनुपर्ने अवस्था आएको हो। “अब केवल नाराबाट काम चल्दैन, व्यवहारमै समाजवाद निर्माणको बाटो खोज्नुपर्ने समय आएको छ,” उहाँले भन्नुभयो।

उहाँले समाजवादी क्रान्तिलाई प्राथमिकतामा नराख्ने अन्य दलहरूप्रति संकेत गर्दै यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्ता कार्यभार पूरा गर्न पार्टीलाई संगठित र बलियो बनाउनु आवश्यक भएको बताउँदै खनालले युवालाई बढी संख्यामा गोलबन्द गर्न संगठन विस्तारको रणनीति अपनाउने समय आएको बताए।

sahani furniture udyog

पार्टीले सञ्चालनमा ल्याएको ‘जनतासँग माओवादी’ अभियानले संगठन सुदृढीकरण र जनसम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले पार्टी अब सरकारमा नगई आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने रणनीतिमा अगाडि बढेको जानकारी दिनुभयो।

बैठकको अध्यक्षता जिल्ला संयोजक हरिमान पुन ‘बरुण’ ले गर्नुभएको थियो। बैठकमा केन्द्रीय सदस्य जगप्रसाद शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्य, हेमराज शर्मा, दामा शर्मा, नारायणी शर्मा, भीमकुमारी बुढा, सल्लाहकार शुष्मा शर्मा घिमिरे, वैकल्पिक केन्द्रीय सदस्य र विभागीय सदस्यहरूसहित जिल्लामा कार्यरत लुम्बिनी प्रदेशका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकले नेताहरूको कार्यविभाजन, विभागीय संरचना विस्तार तथा जनतासँग माओवादी अभियानका कार्यक्रमहरूलाई थप स्पष्ट बनाउने निर्णय गरेको जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.