विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु,आमा सिकिस्त

0
Quantam abroad studies

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छन्  ।

sahani furniture udyog

गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.