विवादै विवादका बीच नवौं प्राचीन कपिलबस्तु महोत्सव सुरू

0
Quantam abroad studies

कपिलवस्तुको सदरमुकाम तौलिहवामा बुधवारदेखि नवौं प्राचीन कपिलबस्तु महोत्सव औपचारिक रूपमा सुरु भएको छ। महाेत्सवकाे उद्घाटन लुम्बिनी प्रदेश सांसद सुधाकार पाण्डेय गर्नु भएकाे थियाे उदघाटन समाराेहमा कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पाैडेल प्रमुख जिल्ला अधिकारी दिल किमार तामाङ , वडाका अध्यक्षहरु एवम राजनैतिक दलका नेताहरूकाे उपस्थित थियाे ।

यद्पी महोत्सवको उद्घाटन भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले गर्ने आयाेजकले जनाएकाे थियाे ।

“कपिलवस्तु जिल्लाको समग्र विकासको आधार: धार्मिक स्थलहरूको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ सुरु गरिएको महोत्सव आगामी वैशाख २१ गतेसम्म बुद्ध पद्यम खेल मैदानमा सञ्चालन हुनेछ।

महोत्सवको मुख्य उद्देश्य जिल्लामा रहेका ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्नुका साथै स्थानीय उत्पादन, नयाँ प्रविधि र पर्यटन विकासमा योगदान पुर्‍याउनु रहेको बताइएको छ।

मूल आयोजक समिति संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष  गयादीन कुर्मीका अनुसार, महोत्सवले जिल्लाको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

sahani furniture udyog

तर, यस महोत्सवको आयोजना विवादरहित भने रहन सकेन। आयोजनाको पूर्वसन्ध्यामा कार्यक्रमको पारदर्शिता, बजेट व्यवस्थापन, र स्थानीय सहभागिता लगायतका विषयमा विभिन्न राजनीतिक दल तथा नागरिक समाजबाट प्रश्न उठाइएका थिए। केही स्थानीय अगुवाहरूले आयोजक समितिमा सबै पक्षको सहभागिता नभएको आरोप समेत लगाएका छन्।

यस्तो विवादका बीच सुरु भएको नवौं प्राचीन कपिलबस्तु महोत्सवले के कति प्रभाव पार्छ, त्यो भने आगामी दिनमा महोत्सवको व्यवस्थापन, सहभागिता र समापनसँगै प्रस्ट हुने अपेक्षा गरिएको छ।

https://www.facebook.com/share/v/1LdC3Ye1QA

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.