भारतले गण्डक नहर बन्द गर्दा विद्युत् उत्पादन डेढ महिनादेखि ठप्प, करोडौंको घाटा

0
Quantam abroad studies


प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि पूर्ण रूपमा ठप्प छ। पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक व्यारेजबाट नहरमा पानी नआएपछि केन्द्रको उत्पादन रोकिएको हो।

केन्द्रका प्रमुख पिताम्बर भुसालका अनुसार भारतको गोरखपुर सिँचाइ विभागले नहर सरसफाइ तथा मर्मतका लागि पानी बन्द गरेपछि फागुन २६ गतेदेखि उत्पादन ठप्प भएको हो। नहरमार्फत पानी नआउँदा सातदेखि आठ लाख रुपैयाँसम्म दैनिक घाटा भइरहेको छ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरी १९८१ मा नेपाललाई हस्तान्तरण गरेको १५ मेगावाट क्षमताको यो केन्द्र हाल चारदेखि साढे चार मेगावाटमात्रै उत्पादन गरिरहेको छ। तीनमध्ये एक टर्वाइन बिग्रिएको र उपकरणहरू समेत पुरानो प्रविधिका भएकाले तत्काल सुधार आवश्यक देखिएको प्रमुख भुसालले बताए।

sahani furniture udyog

भारतले प्रत्येक वर्ष कार्तिक–मंसिर र चैत–वैशाख गरी दुईपटक नहर बन्द गर्ने गर्दा विद्युत् उत्पादनमा दोहोरिँदो समस्या आइरहेको गुनासो केन्द्रले दोहोर्याउँदै आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.