कपिलवस्तुमा सुरु भयो मोबाइल स्वास्थ्य क्लिनिक, अब सेवा प्रत्येक वडामा

0
Quantam abroad studies

कपिलवस्तु, वैशाख १२ – कपिलवस्तु नगरपालिकाको नेतृत्वमा र बुद्धिष्ट चु जी फाउण्डेशनको आर्थिक सहयोगमा स्थानीय बासिन्दाहरूका लागि मोबाइल क्लिनिक सेवा सुचारू गरेकाे छ। अबदेखि

यस सेवाबाट विशेष गरी गर्भवती महिला र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरू लाभान्वित हुनेछन्। उनीहरूका लागि मोबाइल क्लिनिकमार्फत निःशुल्क स्वास्थ्य जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरिने नगरपालिका प्रमुखको कार्यालयले जानकारी दिएको छ।

नगरप्रमुखले बताउनु भएअनुसार, “स्वास्थ्य पहुँच सबैको अधिकार हो भन्ने भावनालाई आत्मसात् गर्दै हामीले यो कार्यक्रम सुरु गरेका हौं। अब नगरवासीले सामान्य स्वास्थ्य सेवा पाउन स्वास्थ्य संस्था धाउने आवश्यकता पर्ने छैन।”

sahani furniture udyog

यस क्लिनिकमा आधारभूत स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह परीक्षण, सामान्य औषधि वितरण लगायतका सेवा समावेश गरिनेछ। साथै, स्वास्थ्य शिक्षा र परामर्श कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गरिने योजना रहेको छ।

बुद्धिष्ट चु जी फाउण्डेशनका प्रतिनिधिहरूले कपिलवस्तु नगरपालिकाको सामुदायिक हितका लागि यस्तो सेवा प्रदान गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।

नगरवासीहरूबीच स्वास्थ्यप्रति जागरूकता फैलाउने र समुदायमा स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यस पहलले दीर्घकालीन रूपमा समाजमा सकारात्मक असर पार्ने विश्वास लिइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.