श्रीमानकाे किरिया बसिरहेकै अवस्थामा श्रीमातीकाे निधन

0
Quantam abroad studies

दाङ – श्रीमान् नारायण आचार्यको निधनपछि किरिया बसिरहेकी मोतीपुर, तुलसीपुर-७ निवासी भगवती शर्माको पनि निधन भएको छ। आचार्यको निधन भएको छैटौँ दिनमा, शनिबार बिहान किरिया बसिरहेको अवस्थामा भगवती शर्माको ज्यान गएको हो।

शुक्रबार राति करिब ११ बजे जीवनजल सेवन गरी सुतेकी शर्मा बिहान उठ्ने समयमा अचेत अवस्थामा फेला परेकी थिइन्। तत्कालै उनलाई राप्ती लाइफ केयर हस्पिटल पुर्याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। उक्त जानकारी परिवारका सदस्य विनोद शर्माले दिएका हुन्।

दिर्घकालदेखि सुगर, प्रेसर र कोलेस्ट्रोलको समस्याले पीडित रहेकी शर्मा समाजसेवामा पनि सक्रिय थिइन्। नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय सदस्यसमेत रहेकी उनले राप्ती प्रादेशिक अस्पताल विकास समितिमा समेत योगदान दिँदै आएकी थिइन्।

sahani furniture udyog

यसअघि उनका पति नारायण आचार्यले घरमै रहेको १२ बोरको बन्दुकबाट गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.