
एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठुलो भ्रष्टाचार भएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले भने, ‘पोखरा विमानस्थलको भ्रष्टाचार त ट्रेलर मात्रै हो, मुख्य भ्रष्टाचार त भैरहवामा भएको हो।’
उनले भैरहवा विमानस्थलमा अहिले भैँसी चरिरहेको र माछा पालन भइरहेको अवस्थाले यो प्रस्ट्याएको दाबी गरे। साथै, उनले २३ अर्ब रुपैयाँ खर्चेर गरिएको जग्गा खरिदमा समेत भ्रष्टाचार भएको आरोप लगाए।

