शिक्षक आन्दोलनमाथि दमन : नेकपा (माओवादी केन्द्र) बुद्धभुमी नगर समितिको कडा भर्त्सना

0
Quantam abroad studies

कपिलवस्तु, वैशाख १५
विद्यालय शिक्षा ऐन कार्यान्वयनका लागि राखिएको मागसहित शान्तिपूर्ण आन्दोलनरत शिक्षक र समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरू माथि सरकारले गरेको दमनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धभुमी नगर समितिले गहिरो आपत्ति र घोर भर्त्सना गरेको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै नगर समितिले २६ दिनदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गर्नु अत्यन्तै लज्जास्पद र दुर्भाग्यपूर्ण रहेको बताएको छ।

“शिक्षकहरूकाे आत्मसम्मानमाथि प्रहार गर्दै सरकारले बलपूर्वक आन्दोलन दबाउने प्रयास गर्नु सम्पूर्ण बौद्धिक समुदायप्रति अपमान हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, सरकारले शिक्षकहरूसँग संवाद नगरी धम्क्याउने र फुटाउने रणनीति अपनाएको आरोपसमेत लगाइएको छ।

sahani furniture udyog

नगर समितिले सरकारको यस्ता दमनकारी क्रियाकलापले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समेत गम्भीर संकटमा पार्ने चेतावनी दिएको छ। शिक्षकहरूलाई डर, धम्की र प्रलोभनमा पार्न खोजिएको भन्दै विज्ञप्तिमा गम्भीर आपत्ति व्यक्त गरिएको छ।

नेकपा (माओवादी केन्द्र) बुढानीलकण्ठ नगर समितिले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न माग गर्दै शिक्षकहरूको जायज माग शीघ्र पूरा गरी उनीहरूलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। साथै, दमनमा घाइते भएका शिक्षक तथा सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.