
काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएकाे छ ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदनअनुसार फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिबन्धका कारण आलमले एनपीएललगायत महत्वपूर्ण प्रतियोगिताहरू गुमाएका थिए । उनी फास्ट बलिङ अलराउन्डर हुन् । राष्ट्रिय टिमबाट खेलिसकेका उनीमाथिको प्रतिबन्धले टिमको सन्तुनलमा समस्या ल्याएको थियो ।

आधिकारिक क्रिकेटमा प्रतिबन्ध लागेपनि अन्सारीले भारतका विभिन्न स्थानमा हुने स्थानीयस्तरका क्रिकेट प्रतियोगिता भने खेलिरहेका थिए ।

