बर्दियामा ठुलो मात्रामा अफिमसहित दुई युवक पक्राउ

0
Quantam abroad studies

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–१ स्थित चेपाङ क्षेत्रबाट प्रहरीले ठुलो परिणामको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–७ निवासी ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका–११ आरापानीका २७ वर्षीय कुमार वाईबा रहेका छन्।

दुबै जना लु. ८० प. १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोटबाट नेपालगन्जतर्फ जाँदै गर्दा प्रहरीले उनीहरूलाई नियमित जाँचका क्रममा नियन्त्रणमा लिएको हो। चेकिङको क्रममा प्रहरीले उनीहरूकै साथमा रहेको जेब्रा झोलाभित्र कालो झोलामा लुकाएर राखिएको २२ पोका अफिम बरामद गरेको जनाएको छ।

sahani furniture udyog

पक्राउ परेका शाही र वाईबासँगै मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आइतबार बेलुका जिल्ला अदालत बर्दियामा पेश गरिएको थियो। अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर डमरपालले जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.