४० लाख बढी हुन्डी रकमसहित दुई जना पक्राउ

0
Quantam abroad studies

काठमाडौं, वैशाख २५ — अवैध रुपमा सञ्चालित रकम कारोबार (हुन्डी) मा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट दुई जनालाई ४० लाख रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मंगलबार साँझ करिब ६ः१५ बजे काठमाडौं महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँतलामा छापा मारेर उक्त रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको कलकत्ता स्थायी घर भई हाल ओमबहाल बसोबास गर्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देही स्थायी ठेगाना भएका चन्द्रागिरि नगरपालिका–१५ तिनथानामा बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।

sahani furniture udyog

उनीहरूका साथबाट ४० लाख ३२ हजार ५ सय रुपैयाँ नगद, दुई थान मोबाइल फोन, साथै विभिन्न बचत तथा ऋण सहकारी संस्थाका हस्ताक्षर मात्र गरिएका खाली चेकहरू बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.