
काठमाडौं — आवासीय तथा अन्य चिकित्सकहरूको आन्दोलन ३५ दिन पुगेको छ। सुरक्षित कार्यस्थलको मागसहित आन्दोलनरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको र धम्की पाइरहेको भन्दै आन्दोलन जारी राखेका हुन्।
स्वास्थ्य मन्त्रालयसँग सहमति भए पनि संघर्ष समितिले केही निजी मेडिकल कलेजले तीन महिनादेखि पारिश्रमिक नदिएको र धम्की दिने क्रम नरोकिएको जनाउँदै आन्दोलन नरोकिने जनाएको छ।

समितिका अध्यक्ष डा. शेषराज घिमिरेका अनुसार केही कलेजले आठौं तहअनुसार पारिश्रमिक दिन थाले पनि अन्यले पालना नगरेको र आन्दोलनकै कारण चिकित्सकलाई शैक्षिक समस्या हुने आशंका कायमै रहेको छ।
समितिले सेवा बहिष्कार र माइतीघर मण्डलामा सेतो एप्रोनसहितको धर्ना कार्यक्रम यथावत् राखेको छ।
