भारतीय रुपैयाँ, नेपाली नोट र चादि जस्तो देखिने धातु बरामद स्थानिय ब्यपारी सगं सोधपुछ चल्दै

0
Quantam abroad studies

कपिलवस्तु , जेस्ठ ३

कपिलवस्तु जिल्लाको नगरपालिका वडा नं. ९ मस्जिद टोलमा शंका लागी गरिएको चेकजाँचको क्रममा भारतको सिद्धार्थनगर जिल्लाको उस्काबजार ग्राम निवासी ७८ वर्षीय ओम प्रकाशलाई ठूलो परिमाणमा नगदसहित पक्राउ गरिएको छ।

प्रहरी निरीक्षक माधव विश्वकर्माको कमाण्डमा खटिएको टोलीले ओम प्रकाशको साथबाट भारतीय नोट र नेपाली रुपैयाँसहित सुनजस्तो देखिने धातु समेत बरामद गरेको हो। उनको साथबाट भारतीय ५०० दरका ३९२ थान, १०० दरको १ थान, २० दरको १ थान गरी जम्मा १९६१२० भारतीय रुपैयाँ (नेपाली रुपैया ३१३७९ बराबर) फेला परेको छ। साथै, चादि जस्तो देखिने ५६२ ग्राम धातु पनि बरामद भएको छ, जसको अनुमानित मूल्य रु. ९४१९६ रहेको छ। ओम प्रकाशले उक्त नगद र धातु वैध रूपमा ल्याएको पुष्टि नहुने देखिएपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

sahani furniture udyog

बरामद सम्पत्ति र व्यक्ति सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी द्वारा जनाइएको छ। छानबिनकै क्रममा तौलिहवका ब्यपारीलाई समेत प्रहरी ले नियन्त्रणमा लिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.