शुद्धोधन पालिका अध्यक्ष चौधरी पक्राउ, पीडितको गोपनीयता भंग गरेको आरोप

0
Quantam abroad studies

कपिलवस्तु । बलात्कार पीडित युवतीको गोपनीयता उल्लंघन गरेको अभियोगमा फरार रहेका शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ।

रूपन्देही जिल्ला अदालतको आदेशअनुसार इलाका प्रहरी कार्यालय बुटवलले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो। अदालतले जेठ १ गते चौधरीको पक्राउका लागि निर्देशन दिएको थियो। त्यसपछि पाँच दिनसम्म फरार रहेका चौधरी अन्ततः प्रहरीको फन्दामा परेका हुन्।

चौधरीले बलात्कार पीडित युवती तथा उनको परिवारको नाम, ठेगाना र व्यक्तिगत विवरणहरू सार्वजनिक गरी उनीहरूको गोपनीयता भंग गरेको आरोप छ। यस कार्यले पीडितमाथि सामाजिक र मानसिक दुवै किसिमको दबाव सिर्जना गरेको अधिकारकर्मीहरूको भनाइ छ। संविधानले सुनिश्चित गरेको गोपनीयताको हक उल्लंघन भएको उनीहरूको तर्क छ।

sahani furniture udyog

स्थानीय स्रोतहरूका अनुसार चौधरी गिरफ्तारीबाट बच्नका लागि आफू नजिकका प्रभावशाली राजनीतिक व्यक्तिहरूको शरणमा रहेका थिए। प्रहरीले प्रारम्भिक खोजीमा सक्रियता नदेखाएको भन्दै प्रश्न उठ्न थालेका थिए।

हाल चौधरीलाई बुटवलमा राखिएको छ। प्रहरीका अनुसार उनलाई साइबर अपराधसम्बन्धी अर्को मुद्दामा पनि अनुसन्धान थालिएको छ। उनलाई अदालतमा पेस गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.