एक वर्षमा कपिलवस्तुमा एचआईभी संक्रमित ११ जनाको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु — एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ) द्वारा कपिलवस्तुमा सञ्चालित परियोजनाको सल्लाहकार बैठक आइतबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ। कपिलवस्तु नगरपालिकाको आयोजना र विभिन्न सरोकारवालाको सहभागितामा सम्पन्न बैठकमा एचआईभी न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक रहेको सुझावहरू प्रस्तुत गरियो।

परियोजनाकी परामर्शदाता कुसुम थापाले जिल्लामा हालसम्म ४४९ जना एचआईभी संक्रमित रहेको जानकारी दिइन्। उनका अनुसार, गत वर्ष ८८० जनाको परीक्षणमा २० जना संक्रमित भेटिएका थिए भने २०८ जनाको सामुदायिक परीक्षणमा ६ जना पोजेटिभ देखिएका थिए।

थापाका अनुसार, ७ जनाले भाइरल लोड सेवा लिएका छन्, १० जनाले पुन: उपचार सुरु गरेका छन् भने ३० जना संक्रमित सम्पर्कविहीन अवस्थामा छन्। गत वर्ष ११ संक्रमितको मृत्यु भएको र हालसम्म ६९ जनाको मृत्यु भइसकेको जानकारी दिइयो। ९ जनाले पिएमसिटी सेवा लिएको पनि उनले बताइन्।

थप रूपमा, एएचएफले १६५ जना संक्रमितलाई प्रत्यक्ष सहयोग पुर्‍याएको र ८ जनालाई ल्याब सेवा प्रदान गरिएको छ। संस्थाले गत वर्ष ६ हजार ४६५ थान लभ कन्डम वितरण गरेको पनि जानकारी दिइयो।

sahani furniture udyog

परियोजना संयोजक धर्मराज भट्टराईले एएचएफले गर्दै आएको कामको विस्तृत विवरण प्रस्तुत गर्दै, संस्थाले संक्रमितको पहिचान, परामर्श, उपचार र आवश्यक सेवाहरू प्रदान गर्दै आएको जानकारी दिए।

उनले विशेषतः यौन व्यवसायी, सुई प्रयोग गर्ने लागूपदार्थ प्रयोगकर्ता, र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा एचआईभी संक्रमणको उच्च जोखिम रहेको उल्लेख गरे।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.