लाखौँ जनता सडकमा आएकैदिन गणतन्त्र समाप्त हुन्छः लिङ्देन

0
Quantam abroad studies

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन्।

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए।

sahani furniture udyog

अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे वर्षौँसम्म पनि अनुभूति हुनेगरीको परिवर्तन महसुस गर्न नपाउने धारणा राखे।

उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरुको भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.