नेपालमा पुनः कोरोना संक्रमण देखिन थाल्यो, सात जनामा पुष्टि

0
Quantam abroad studies

काठमाडौँ, जेठ १३ – नेपालमा फेरि कोरोना संक्रमण देखिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले दिएको जानकारी अनुसार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डा. झाका अनुसार एक जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र बाँकी छ जनामा काभ्रेपलाञ्चोकमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरू निको भएर घर फर्किएको समेत डा. झाले जानकारी दिनुभयो। “कोरोना पुष्टि भएका संक्रमित निको भएर घर गइसकेका छन्,” उहाँले भन्नुभयो।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीका अनुसार प्रयोगशालाले नियमित रूपमा कोरोना परीक्षण गरिरहेको छ।

sahani furniture udyog

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशमा देखिएको कोरोना संक्रमण गम्भीर नभएको भन्दै आम नागरिकलाई नआत्तिन सुझाव दिएको छ। नेपालमा देखिएको संक्रमण पनि सामान्य प्रकृतिको रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

डा. पुनका अनुसार ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका तथा दीर्घरोगीहरूमा भने संक्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ। “भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ। अहिले देखिएको कोरोना सामान्य रुघाखोकीजस्तै भएको छ,” डा. पुनले बताउनुभयो।

कोरोना संक्रमण नियन्त्रणका लागि इडिसिडीले सीमा नाकामा हेल्थ डेस्क राखेको जानकारी पनि डा. झाले दिनुभयो। “सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो, “आवश्यक परेमा परीक्षण किट तुरुन्त पठाउने तयारी पनि गरिएको छ।”

सरकारले कोरोना संक्रमण पुनः फैलन नदिनका लागि निगरानी र परीक्षणलाई प्राथमिकतामा राख्दै जनस्वास्थ्य सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.