आसाम आइपुग्याे मनसुन यसै साताकाे नेपाल प्रवेश गर्ने

0
Quantam abroad studies

यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो ।

sahani furniture udyog

‘नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर फेबरेबल कन्डिसन देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश हुने सम्भावना छ ।’

कहिलेकाहिँ मनसुनी वायु बग्दै नेपालतिर आउनेक्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नदेखिएकाले फेबरेबल कन्डिसन’ भनिएको उनको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.