बद्रीनारायण धाम प्राणप्रतिष्ठाबाट रु ४ करोडभन्दा बढी संकलन

0
Quantam abroad studies

नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको प्राणप्रतिष्ठा समारोहबाट रु ४ करोड ४ लाख ४२ हजार ३४१ नगद संकलन भएको छ।

गत वैशाख १९ गतेदेखि २७ गतेसम्म आयोजित धार्मिक अनुष्ठानमा दान, कलश बिक्री, तथा दान पेटिका मार्फत उक्त रकम संकलन भएको बद्रीनारायण प्राणप्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिए।

आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा कोषाध्यक्ष पोखरेलले दान रसिदमार्फत रु ३ करोड ८० लाख ५ हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार तथा मातृशक्तिबाट रु १० लाख संकलन भएको उल्लेख गरे। सोही समारोहमा विभिन्न शीर्षकमा गरी कुल रु १ करोड ४ लाख ४५ हजार ४६१ खर्च भएको पनि जानकारी गराइएको छ।

कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले नेपालमै चारधाममध्ये एक धाम रहेको सन्देश दिन धाम निर्माण गरिएको बताए। उनले धार्मिक तथा सांस्कृतिक चेतना विस्तारमा यस धामको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

sahani furniture udyog

यस्तै, मूल समारोह समितिका संयोजक जयराम लामिछानेले बद्रीनारायण धामले नागार्जुन नगरपालिकाको पहिचान स्थापित गर्न टेवा पुर्याउने बताए।

धाम परिसरमा बद्रीनारायण मन्दिरसँगै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवको मूर्तिसहितको पाञ्चायन मन्दिर निर्माण हुने जानकारी पनि दिइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.