पुर्वबाट प्रवेश गरेकाे मनसुन देशभर फैलिन केही दिन लाग्ने,ठूलो पानी नपर्ने

0
Quantam abroad studies

काठमाडौँ, जेठ १९ – आज देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहे पनि ठूलो वर्षा हुने संकेत देखिएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव अधिक देखिएको छ।

मौसमविद् डेभिड ढकालका अनुसार मधेश, बागमती, गण्डकी प्रदेशलगायतका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा समेत केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

sahani furniture udyog

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

काठमाडौँ उपत्यकामा भने छिटपुट वर्षा हुने सम्भावना भए पनि ठूलो वर्षाको अपेक्षा गरिएको छैन।

महाशाखाका अनुसार गत बिहीवार नेपाल प्रवेश गरेको मनसुन प्रणाली कोशी प्रदेशमै रोकिएको छ र अझै देशभर फैलिन केही दिन लाग्ने अनुमान गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.