५ लाख भारतीय रुपैयाँसहित नेपाल प्रवेश गर्ने दुई जना पक्राउ

0
Quantam abroad studies

जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रूपमा भित्र्याइएको ५ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

नेपाल–भारत सीमा नाका रुपैडियाबट नेपाल प्रवेश गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा शंका लागी गरिएको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश लखनऊका ४० वर्षीय निरज चौरासिया र दाङको राप्ती गाउँपालिका–१ (पहिलेको पुरन्धारा गाविस) की २६ वर्षीया साइना नेपाली रहेका छन्।

sahani furniture udyog

प्रहरीका अनुसार चौरासियाले चलाएको ‘यूपी ३२ एलभी ६३८९’ नम्बरको सुजुकी गाडी जाँच गर्दा ५ सय दरका ६ सय थान र २ सय दरका एक हजार थान नोटसहित जम्मा ५ लाख भारतीय रुपैयाँ फेला परेको हो।

बरामद नगदसहित गाडी नियन्त्रणमा लिई दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.