
नयाँ दिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) पुनः सक्रिय बन्दै गएको छ। पछिल्लो केही दिनदेखि संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार, देशभर सक्रिय संक्रमितको संख्या ३,९६१ पुगेको छ। संक्रमितको सङ्ख्या बढ्दै जाँदा पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु समेत भएको मन्त्रालयले जानकारी दिएको छ।
मृतकमध्ये एकजना राजधानी दिल्लीका रहेका छन् भने अन्य तीन जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।

कोरोना पुनः फैलिन थालेयता हालसम्म देशभरमा ३२ जनाले ज्यान गुमाइसकेका छन्।
यसैबीच, दिल्लीमा २२ वर्षीया युवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, ती युवतीलाई क्षयरोग, फोक्सोको समस्या र श्वासप्रश्वाससम्बन्धी अन्य गम्भीर रोगहरू थिए। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, पुरानै रोगले कमजोर भइसकेको शरीरमा कोरोना संक्रमण थप घातक सावित भएको हो।
