आफ्नै श्रीमतीलाई विष खुवाएर हत्या गर्न खोज्ने एक युवक पक्राउ

0
Quantam abroad studies

झापामा आफ्नै श्रीमतीलाई विष खुवाएर हत्या गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्ने व्यक्ति सप्तरीको शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्, जो हाल झापाको दमक नगरपालिका–१ स्थित सुम्निमा टोलमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार दिलीपकुमारले गएको चैत १० गते बिहान ८ बजे आफ्नी श्रीमती रेणु मरिकलाई कफ सिरपको बहानामा विष खुवाएर ज्यान लिने प्रयास गरेका थिए। रेणुले दिएको बयान अनुसार, यसअघि पनि उनीमाथि आगो लगाई जिउँदै जलाउने प्रयास गरिएको थियो।

sahani furniture udyog

उनीहरूका एक छोरा र एक छोरी छन्। घटना भएको केही समयपछि फरार रहेका दिलीपलाई इलाका प्रहरी कार्यालय दमक र सप्तरीको कल्याणपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार पक्राउ गरी झापा ल्याएको हो।

प्रहरीका अनुसार उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ र झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.