प्रधानमन्त्री ज्यू, तपाईं भ्रष्टाचारी र तस्करको झोले नै होः ज्ञानेन्द्र शाही

0
Quantam abroad studies

काठमाडौं । राष्ट्रिय प्रजातन्न्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टचारी र तस्करको ‘झोले’ भएको आरोप लगाएका छन् । विभिन्न प्रकरणका उदाहरण दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

नेकपा (एमाले)ले ‘म झोले हो’ ट्रेण्ड सुरु गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारी र तस्करको झोले नभई राष्ट्रको झोले बन्न आग्रह गरेका छन् ।

“प्रधानमन्त्री ज्यू, तपाईं झोले नै हो, गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यु– टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाइड बोडीको, एनसेलको , पोखरा विमानस्थलको, भैरहवा विमानस्थलको, भिजिट भिसाको”, उनले भनेका छन्, “तर, प्रधानमन्त्री ज्यू … भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस् ।।”

sahani furniture udyog

राजावादीसहित विपक्षीले विशेषगरी ठूला दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी ‘झोले’ भन्न थालेपछि प्रधानमन्त्री ओलीले केही दिनअघि सार्वजनिक मञ्चमार्फत आक्रोश पोखेका थिए । जसको प्रतिक्रिया स्वरुप एमालेले ‘म झोले हो’ ट्रेण्ड सामाजिक सञ्जालमा सुरु गरेको हो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.