कपिलवस्तुकाे विजयनगरमा एकाएक ६ वटा भैंसीकाे मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु, जेठ २० –
विजयनगर गाउँपालिका–५ नौरङ्गियामा मंगलबार बिहान एकाएक ५ वटा भैंसी र १ वटा राँगाको मृत्यु भएको छ। स्थानीय कृषक बिरे अहिरको ब्याउने भैंसी र राँगासहित उनका थप चार भैंसी बिरामी अवस्थामा रहेका छन्।

बिरे अहिरका अनुसार मंगलबार बिहान करिब ७ बजे घरदेखि करिब १५० मिटर पर रहेको खेतमा चरी घाँस चराउने क्रममा एकाएक पशुहरू लड्न थाले। चरी घाँस खाएको झन्डै १ घण्टाभित्रै ५ भैंसी र १ राँगाको मृत्यु भयो।

“सधैंजस्तै बिहानै चराउन लगेको थिएँ,” अहिरले भने, “तर आज घाँस खाएलगत्तै उनीहरू लड्न थाले र केही समयमै मरे। यति धेरै जनावर एकैचोटि मर्ने घटना पहिलो पटक हो।”

sahani furniture udyog

अचानक भएको घटनाले गाउँमा त्रास फैलिएको छ। स्थानीयवासी र पशु स्वास्थ्यकर्मीहरूले विषालु घाँसको आशङ्का गरेका छन्।

वडा कार्यालय र पशु सेवा केन्द्रका प्राविधिकहरू घटनास्थल पुगेका छन्। पशुहरूका नमुना परीक्षणका लागि संकलन गरिएको र परीक्षणपछि मात्र यकिन कारण थाहा हुने बताइएको छ। प्रारम्भिक अनुमानमा खेतमा प्रयोग भएको रासायनिक विषादी वा घाँसमा विषालु तत्व भएको आशंका गरिएको छ।

स्थानीयवासीहरूले घटना दुःखद र चिन्ताजनक भएको भन्दै तत्काल छानबिन र प्रभावित कृषकलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। अहिरले भने, “यी भैंसीहरू नै मेरो घर चलाउने आधार थिए, सबै गुमे। अब के गर्ने भन्ने थाहा छैन।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.