अमेरिकाबाट निस्कासित ५० नेपालीलाई चार्टर्ड जहाजमार्फत ल्याइदैँ

0
Quantam abroad studies

काठमाडौँ – अवैध रूपमा अमेरिका बस्दै आएका झण्डै ५० नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमार्फत आज नेपाल फिर्ता पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरू दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।

डिपोर्टसम्बन्धी तथ्यांक

  • पछिल्लो समय अध्यागमन कानुन उल्लङ्घन गर्ने नेपालीहरूको संख्या बढ्दै गएको छ।
  • डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि हालसम्म १५० नेपाली डिपोर्ट भइसकेका छन्।
  • यसअघि सानो संख्यामा फिर्ता पठाउने गरिएको भए पनि यो पटक ठूलो समूह फिर्ता गरिएको हो।

डिपोर्ट प्रक्रिया
नेपाल आइपुगेपछि डिपोर्ट गरिएका नेपालीलाई अमेरिकी दूतावासमार्फत अध्यागमन विभाग र नेपाल प्रहरीको जिम्मा लगाइनेछ।

sahani furniture udyog

१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान, इरान, लिबिया, सोमालिया, सुडान, यमन लगायतका १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएका छन्। सुरक्षा जोखिमका कारण सोमबारदेखि लागू हुने यस निर्णयले अन्य ७ देशका नागरिकहरूलाई पनि कडा प्रतिबन्धको दायरामा ल्याउने जनाएको छ।

ट्रम्पले राष्ट्रिय सुरक्षाका लागि कठोर कदम चाल्नुपर्ने बताएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.