रामघाटमा शिवधाम निर्माण कार्य सुरु,धार्मिक केन्द्रको रूपमा विकास गरिने

0
Quantam abroad studies

कपिलवस्तु नगरपालिका-३, रामघाटमा शिवधाम र रामघाट पार्क निर्माण कार्य सुरु भएको छ। यो महत्वाकांक्षी परियोजनाकाे लागी चालु आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको यस परियोजनाका लागि ठेक्काको आधारमा ६८ लाख रुपैयाँमा निर्माण कार्य सुरु भएको हो। परियोजनाका इन्जिनियर राजेश शैनीका अनुसार, आगामी आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

रामघाटमा १६७ मिटर लम्बाइको पोखरी निर्माण गरिँदैछ, जसमा यस वर्ष ५१ मिटर भाग पूरा गरिनेछ। पोखरीको बीच भागमा विशाल शिव मूर्ति स्थापना गरिनेछ, जसले धार्मिक पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ। पोखरीका दुवै किनारामा ३ फिट चौडा पैदलमार्ग निर्माण गरिनेछ। किनाराहरू सजावट गरिनेछन् र मलामी प्रतीक्षालय पनि बनाइनेछ।

यस परियोजनाले धार्मिक क्षेत्रलाई मात्रै नभई पर्यटकीय रूपमा पनि समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, रामघाट क्षेत्रमा रमणीय पार्कको निर्माण गर्ने योजना रहेको छ, जसले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गर्नेछ।

sahani furniture udyog

परियोजनाको शिलान्यास सान्सद सुरेन्द्रराज आचार्य र प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले संयुक्त रूपमा गर्नुभएको हो। शिलान्यास कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, स्थानीय जनप्रतिनिधिहरू, इन्जिनियर राजेश शैनीसहित स्थानीयवासीहरूको उपस्थिति थियो।

निर्माण कार्य कपिलवस्तु नगरपालिका-२ स्थित कस्तुरी निर्माण सेवाले असार २० भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। यो परियोजनाले कपिलवस्तु क्षेत्रलाई धार्मिक र पर्यटकीय दृष्टिकोणले नयाँ उचाइ दिने विश्वास लिइएको छ।

शिवधाम परियोजना सम्पन्न भएपछि रामघाट क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात हुने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.