अत्यधिक गर्मीबाट आजदेखि क्रमश राहत, देशभर मनसुन फैलिन ५ देखि ७ दिन लाग्ने

0
Quantam abroad studies

देशभर केही दिनयता जारी अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम क्रमशः घट्दै जानेछ।

पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो स्थानमा तापक्रम अस्वाभाविक रूपमा बढ्दा जनजीवन कष्टकर बनेको थियो। यस्तैमा मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत महसुस हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुन फैलिएको छ तर अझै पूर्ण रूपमा सक्रिय भएको छैन। बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण आज बेलुकादेखि कोशी प्रदेशमा मनसुन सक्रिय हुने र विस्तारै देशका पश्चिम भू–भागतर्फ सर्ने प्रक्षेपण गरिएको छ।

sahani furniture udyog

सक्ने महाशाखाको अनुमान छ। यद्यपि आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि पर्याप्त वर्षा हुने सम्भावना रहेकोले कृषकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

आजको मौसमको अवस्था हेर्दा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने विशेषगरी पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.