
कबीर जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। कबीरपन्थी समुदायको ऐतिहासिक चाडको सम्मानमा प्रदेश सरकारले पहिलोपटक बिदा घोषणा गरेसँगै जनकपुरमा उल्लासपूर्वक कार्यक्रमहरू सम्पन्न भएका छन्।
बिदाको घोषणासँगै हिजो बेलुका जनकपुरमा विशेष र्याली निकालिएको थियो। सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट सुरु भएको र्यालीले जनकपुरका विभिन्न भाग परिक्रमा गर्दै कबीरदासको योगदान स्मरण गर्यो।
आज सद्गुरु कबीरदासको ६२७औं जन्मजयन्ती मनाइँदैछ। कबीर सागर अनुसार, कबीर साहेबको जन्म वि.सं. १५१२ साल जेठ शुक्ल पूर्णिमाका दिन भएको मानिन्छ (ई.सं. १४५५)।

कबीरदास १५औं शताब्दीका सन्त, कवि, समाज सुधारक तथा आध्यात्मिक गुरु हुनुहुन्थ्यो। उहाँले धार्मिक आडम्बर, अन्धविश्वास र सामाजिक कुरीतिहरूको कडा आलोचना गर्नुभएको थियो। कबीरको विचारले हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूलाई प्रभावित पारेको थियो।
उहाँको शिक्षामा आधारित ‘कबीर पन्थ’ नामक सम्प्रदाय अहिले पनि भारत, नेपाल लगायत अन्य मुलुकमा सक्रिय रूपमा फैलिरहेको छ।
कबीर जयन्तीको यो ऐतिहासिक अवसरमा जनकपुरमा भएको र्यालीले धार्मिक सहिष्णुता, सामाजिक जागरण र सद्भावको सन्देश दिएको कबीरपन्थीहरूले बताएका छन्।
