नेपालले वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने

0
Quantam abroad studies

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो । सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता लामाले बताए । वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको उनले बताएका छन् । 

sahani furniture udyog

क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्‍याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ । 

1-1749730617.JPG
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.