देशभर फैलिँदै मनसुन, केही प्रदेशमा मेघगर्जनसहितको वर्षा

0
Quantam abroad studies

कपिलवस्तु — हाल गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले दिएको जानकारी अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भेगका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना छ। केही स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

sahani furniture udyog

हाल मनसुन कोशी प्रदेशको सबै भागमा विस्तार भइसकेको छ भने मधेस र बागमती प्रदेश पार गर्दै गण्डकीको केही भाग र लुम्बिनीको पूर्वी भू–भागसम्म पुगेको छ। सक्रिय रूपमा अगाडि बढिरहेको मनसुन केही दिनभित्रै देशभर फैलिने सम्भावना रहेको मौसमविद्काे भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.